site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसलाई विजयी बनाउन पार्टीका सम्पूर्ण नेता कार्यकर्तालाई निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई खतरामा पर्न नदिन पनि आसन्न दुवै तहको निर्वाचनमा कांग्रेस विजयी हुनुको विकल्प नरहेको दावी गरे । 

नेपाल विद्यार्थी संघद्वारा समसामयिक सन्दर्भमा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई मंगलबार काठमाडौंमा उद्घाटन गर्दै उनले निर्वाचनमा कांग्रेसलाई विजयी गराउने गरी जुझारु र गतिशील भएर जनतासँगको सम्बन्धलाई अझै घनिष्ट बनाउन पनि पार्टीका नेता कार्यकर्तालाई सचेत गराए । प्रधानमन्त्री देउवाले कांग्रेसले चुनावमा हारे मुलुकको लोकतन्त्र नै खतरामा पर्ने चेतावनी पनि दिए । उनले मुलुकमा कम्युनिष्ट शासन आए सर्वसत्तावाद सुरु हुने र जनताको बोल्ने, लेख्ने अधिकार समेत हनन् हुने दावी पनि गरे । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसले चुनाव जित्नै पर्ने दावी गरे । उनले कम खर्चमा चुनाव गरेर लोकतन्त्रको रक्षा गर्ने जिम्मेवारी पूरा गर्न नेपाल विद्यार्थी संघका नेतृत्वलाई निर्देशन पनि दिए । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा कम्युनिष्टहरुलाई परास्त गरेर मुलुकको लोकतन्त्रलाई सुदृढ बनाउने दायित्व पूरा गर्न नेपाल विद्यार्थी संघको नेतृत्वलाई निर्देशन दिए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १२:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC