site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
मिस टुरिजम–२०१७ मा ३३ प्रतिस्पर्धी
Sarbottam CementSarbottam Cement

काठमाडौं । मिस टुरिजम–२०१७ को अडिसन सम्पन्न भएको छ । प्वाईन्ट मिडिया प्रा.लि.ले आगामी कात्तिक १८ गते आयोजना गर्ने ‘मिस टुरिजम–२०१७’ को अडिसन लिएको हो । 

काठमाडौं, पोखरा र चितवनका गरी जम्मा ३३ जना प्रतिस्पर्धीले अडिसन दिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नवीन काफ्लेले वताए ।

Prabhu Bank
Agni Group
NIC Asia

मिस टुरिजम–२०१७ को अडिसनमा निर्णायकको भूमिकामा नेपाल योग एशोशियसनका महासचिव, युवा पर्यटन व्यवसायी एवं अर्थबाउन्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिंखडा, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व कोषाध्यक्ष खुमवहादुर सुवेदी, प्रेस चौतारी नेपालका उपाध्यक्ष, फिल्म निर्देशक पत्रकार गणेश पाण्डे तथा मिस टुरिजमका अफसियल कोरियोग्राफर रोजिन शाक्य रहेका थिए । 

प्वाईन्ट मिडिया प्रा.लि.ले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘मिस टुरिजम–२०१७’ को आयोजना गर्न लागेको प्वाइन्ट मिडिया प्रा.लि का प्रबन्ध निर्देशक काफ्लेले वताए । 

Global Ime bank

कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन, आन्तरिक पर्यटकहरुको वृद्धि गर्दै नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रवद्र्धन गर्ने अपेक्षा रहेको काफ्लेको भनाइ छ । 

मिस टुरिजम–२०१७ लाई नगद पचास हजार रुपैयाँ, नेपालका स्थापित संस्था र उत्पादनको विज्ञापन खेल्ने अवसर तथा विभिन्न संस्थाका ब्राण्ड एम्बेसडर पनि नियुक्त गरिने जनाइएको छ । त्यस्तै मिस टुरिजम फस्ट रनर अप–२०१७ लाई नगद ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेन्ड रनर अप–२०१७ लाई नगद २० हजार रुपैयाँ प्रदान गर्नुका साथै पर्यटन क्षेत्रमा अन्य अवसर हरु पनि प्रदान गरिने आयोजकले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १२:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC