साहित्य
काठमाडौं । सञ्जयलिला भन्सालीले निर्देशन गरेको चलचित्र ‘पध्मावती’ को ट्रेलर उतीबेला चर्चामा छ । ट्रेलर सार्वजनिक भएको २४ घण्टा वित्न नपाउँदै सवा करोड भन्दा माथि युट्युबमा सर्च भएको छ ।
ट्रेलर अहिले युट्युबको ट्रेन्डिङ्ग वानमा छ ।
संवाद बिना तयार पारिएको ३ मिनेट लामो ट्रेलरमा राजा–रानीबीचको प्रेम, द्वन्द र क्रोधलाई देखाइएको छ ।
चलचित्रमा अभिनेत्री दीपिका पादुकोण रानी पध्मावतीको भूमिका देखिएकी छिन् । डिसेम्बर १ मा रिलिज हुने चलचित्रमा साहिद कपूर ‘राजा महारावल रतन सिंह र रणवीर सिंह ‘अलाउद्दिन खिलजी’को भूमिकामा देखिएका छन् ।
प्रकाशित मिति: मंगलबार, असोज २४, २०७४ ०९:५२
प्रतिक्रिया दिनुहोस्