सर्लाही। तराई मधेशमा तेस्रो चरणमा हुन लागेको स्थानीय तहको चुनावको अघिल्लो दिन असोज आइतबार बेलुका सांसद अमरेश कुमार सिंहमाथि लक्षित गरि गोली प्रहार भएको कांग्रेसले जनाएको छ। उनीमाथि लक्षित गरिए पनि गोली उनको सवारी साधनमा लागेका कारण कुनै मानविय क्षती नभएको कांग्रेसले जनाएको छ ।
सर्लाही वलरा नगरपालिका वडा नं ३मा नेपाली काँग्रेसका महिला उमेद्वार चन्द्रीका देवीलाई भेट्न जाँदा आफूमाथि गोली प्रहार गरिएको सिंहले जानकारी दिए।
सोहि नगरपालिकाको वडा नं ३का वडा राजपाका तर्फबाट अध्यक्षका प्रत्यासी शुसिल मिश्राले आफूमाथि गोली प्रहार गरेको सिंहले बताएको कांग्रेसले जनाएको छ।
आफ्नो ज्यान लिने उद्धेश्यका साथ प्रहार गरिएको गोलीले सवारीमा प्वाल परेको बताए। तर स्थानीयले भने सिँहको सुरक्षामा खटिएका सुरक्षाकर्मीले गोली चलाएको बताएका छन् ।
आफूमाथि गोली प्रहार भएपछि सुरक्षामा खटिएका सुरक्षाकर्मीले प्रतिकारमा एक राउण्ड फायर गरेको उनले बताए ।