राजनीति
काठमाडौँ।निर्वाचन आयोगले मौन अवधिमा निर्वाचन प्रचार गरेकोमा राष्ट्रिय जनता पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण र सो दलका जगरनाथपुर गाउँपालिका–६ का वडाध्यक्ष पदका उम्मेवार धुरन्दर साहसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
उनीहरुले १५० नेता कार्यकर्तासहित पर्साको जगरनाथपुरमा मत माग्दै हिँडेको आयोगमा सूचना प्राप्त भएपछि २४ घण्टाभित्र स्पष्टीकरण माग गर्ने निर्देशन दिएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । रासस
प्रकाशित मिति: सोमबार, असोज २, २०७४ ०२:२७
प्रतिक्रिया दिनुहोस्