site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

सप्तरी । तेस्रो चरणअन्तर्गत सोमबार हुने प्रदेश नं २ अन्तर्गत सप्तरीमा शान्ति सुरक्षा कायम गर्न नेपाल र भारतका स्थानीय प्रशासनको संयुक्त बैठकले आजदेखि ४८ घण्टा सीमाक्षेत्र बन्द गर्ने निर्णय गरेको छ । 

सप्तरी र बिहार सुपौल जिल्लाका पदाधिकारीको सो बैठकले सीमा क्षेत्रमा सवारीसाधन चल्न नदिने र जाँच कडा पार्ने निर्णय गरेको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताए। 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै जिल्ला सुरक्षा समितिले निर्वाचन प्रयोजनका लागि सुरक्षा रणनीतिक तथा कार्यनीतिक योजनाअन्तर्गत जिल्लाका १८ वटै स्थानीय तहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको जानकारी दिँदै सुरक्षा व्यवस्थापनअन्तर्गत सीमा क्षेत्रमा समेत दुवै देशका संयुक्त सुरक्षाकर्मीले संयुक्त रुपमा जाँच गरिरहेको प्रजिअ पाण्डेले बताए। 

निर्वाचन प्रयोजनका लागि जिल्लाको आन्तरिक सुरक्षालाई पनि अत्यन्त चुस्तदुरुस्त र सुदृढ बनाइएको छ । मतदातालाई ढुक्क भएर मतदानस्थलमा गई मतदान गर्न प्रजिअ पाण्डेले आग्रह गरे । 

Global Ime bank

नेपाल भारतको हित हुने उद्देश्यले अति आवश्यक परेकालाई सीमा क्षेत्रमा रहेका सुरक्षाकर्मीको विशेष जाँच गरिसकेपछि मात्र जान दिन सकिने जिप्रका सप्तरीले जनाएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १, २०७४  १२:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC