site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
‘अबको संघर्ष सुशासन, समृद्धि र विकासका लागि’
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अबको संघर्ष सुशासन, समृद्धि र विकास लागि हुनुपर्ने बताएका छन् । 
आइतबार बिहान पश्चिमाञ्चल विकास मञ्चका प्रतिनिधि मण्डलसँग बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । प्रधानमन्त्रीलाई उद्धृत गर्दै उनको सचिवालयले भन्यो, “ठूल–ठूला बलिदानी र संघर्षबाट राजनीतिक परिवर्तन भयो, नयाँ संविधान बन्यो । अबको हाम्रो संघर्ष सुशासन, स्थिरता, विकास र समृद्धिका लागि हो । सुशासन, विकास र समृद्धिबिना राजनीतिक परिवर्तन दिगो हुन सक्दैन ।”
त्यस्तै भेटमा प्रधानमन्त्रीले मधेश–पहाड र हिमाललाई जोडेर आन्तरिक राष्ट्रिय एकता सुदृढ गर्ने, छिमेकीसँग सन्तुलित सम्बन्ध कायम गरी दुवै देशबाट नेपालको हितका पक्षमा काम गर्ने तथा विकास समृद्धि र पुनर्निर्माणको दिशामा देशलाई डोर्‍याउनु आफ्नो प्राथमिकता भएको बताएको सचिवालयको भनाइ छ । 
चन्द्र ढकालको नेतृत्वमा आएको प्रतिनिधि मण्डलले चुनौतिपूर्ण क्षणमा बनेको सरकारलाई सफल बनाउन आफूहरुको तर्फबाट पूर्ण सहयोग रहने जानकारी गराएको थियो ।
 
NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ५, २०७३  ११:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC