site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
केही व्यक्ति २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रियः ओली
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई  दीर्घकालिन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले असफल पारिदिएको बताएका छन् ।

सामाजिक सद्भावको महत्वलाई बुझेका नेपाली जनताले निर्वाचनको माध्यमबाट यस्तो अभियानका अभियन्ताहरुलाई परास्त गरेको ओलीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

तराईका बाढी पीडितलाई सहयोग गर्नका लागि एमाले ललितपुर क्षेत्र नम्बर ३ ले संकलन गरेको ३ लाख २५ हजार ७सय ८० रुपैंया राहात रकम आज आफ्नै निवास बालकोटमा बुझ्दै ओलीले एउटा भूगोल र समुदायमा  विपद् पर्दा अर्को  भूगोलले सद्भाव देखाउने नेपालीहरुको परम्परागत संस्कार भएको  बताए ।

‘नेपालीको यो आत्मीयताको संस्कारलाई विथोल्न थुप्रै व्यक्ति र संस्थाहरु लागि परे’ ओलीले भने, ‘भुगोल,जाती,धर्म आदिका नाममा नेपालीमा फाटो ल्याउन भएका सबै प्रयासले नेपाली जनताले निष्क्रिय पारेका छन् ।’

Global Ime bank

पछिल्ला दुई दशक नेपालमा द्वन्द्व उद्योग गर्नेहरु धेरै फस्टाएको ओलीले बताए ।

नेपालको जातीय विविधिता, भाषिक र साँस्कृतिक विविधतामा द्वन्द्वको बीउ रोपेर यसबाट छाक टार्नेहरुको बिगबिगी भएको ओलीले बताए ।
उनले भने ‘नेपाली समाजले द्वन्द्वलाई तिरस्कार गरेपछि त्यसको व्यवस्थापनका नाममा उद्योग गर्नेहरु पनि अहिले फस्टाएका छन् । यस्ता व्यक्ति वा संस्थाहरुबाट सजग हुनुपर्दछ ।  ’ 

केही तत्वहरु अझै पनि  २ नम्बर प्रदेशमा द्वन्द्वको खेती गर्न सक्रीय भइरहेको ओलीको धारणा छ । ‘यी सबै तत्वहरुलाई जनताले निर्वाचन मार्फत परास्त गरेर सहिष्णु समाज निर्माणको आधार तय गर्नेछन्,’ उनले भने ।

राहात रकम संकलन समितिका संयोजक रघुनाथ महर्जनका अनुसार उक्त रकम पार्टीका नेता,कार्यकर्ता,शुभचिन्तक र सहयोगीहरुबाट संकलन गरिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  १३:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC