site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
उमेदवारको वाचा–चुनाव जिते राजविराज मच्छडमुक्त शहर 
Sarbottam CementSarbottam Cement

राजविराज  । सप्तरीको राजविराज नगरपालिकाका मेयरका उमेदवारहरुले उक्त नगरपालिकाको विकासका लागि सार्वजनिक प्रतिबद्धता सार्वजनिक गरेका छन् । उनीहरुले अघि सारेका प्रतिबद्धताहरुमा राजविराजमा मच्छड हटाउनेदेखि शहरलाई स्मार्ट बनाउनेसम्म रहेका छन् । 

सोमबार सप्तरीको राजविराजमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै मेयरका उमेदवारहरुले आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गरेका हुन् । प्रमुख दल नेपाली कांग्रेसका मेयरका उमेदवार ध्रुव प्रसाद देवले आफू विजयी भए राजविराजलाई स्मार्ट सिटी बनाउने योजना सुनाए । त्यस्तै उनले राजविराजलाई फोहोरमैलामुक्त शहर बनाउने समेत प्रतिबद्धता जनाए । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै नेकपा एमालेका मेयरका उमेदवार सुखराम यादवले १०१ दिनमा गर्ने र पाँच वर्षमा गर्नेगरि छुट्टाछुट्टै प्रतिबद्धताहरु सार्वजनिक गरेका थिए । उनको पहिलो प्राथमिकतामा कृषिको विकास गर्ने र कृषिजन्य उद्यमको लागि ५० प्रतिशतसम्मको छुटको व्यवस्था गर्ने रहेको छ । यादवले नदि नियन्त्रणको योजना समेत सुनाए । 

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका मेयरका उमेदवार एवम् पुर्वमन्त्री तथा पूर्व मेयर अनि अन्सारीले २० वर्षपछि चुनाव भैरहेकोले आफू विजयी भए यहाँको विकासको लागि उल्लेखनीय काम गर्ने भन्दै योजनाका फेहरिस्त नै पस्किए । 

Global Ime bank

उनले पनि राजविराजलाई ग्रिन सिटी बनाउने उद्धघोष गरे । रमाईलो त के भने उनले राजविराजलाई मच्छडमुक्त शहर बनाउने समेत घोषणा गर्न भ्याए । अन्सारी ०४९ सालमा राजविराजको मेयर बनेका थिए । 

त्यस्तै कार्यक्रममा संघीय समाजवादी फोरम नेपालका मेयरका उमेदवार भीमराज यादवले आफूले जिते नगरवासीहरुको नोकर भएर काम गर्ने विश्वास दिलाए । 

विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमका मेयरका उमेदवार शैलेश चौधरीले पनि आफू विजयी भए निश्कलंक र निश्पक्ष भएर जनताको काम गर्ने वचनदिए । 

कार्यक्रममा उपस्थित सयौंका संख्याका युवाहरुले मेयरका उमेदवारहरुलाई व्यापक प्रश्न गरेका थिए । उनीहरुले नेताहरुले खाली खोक्रो भाषण गर्ने र जनताको आँखामा छारो हान्न झुठो प्रतिबद्धता जनाउने गरेको तर व्यवहारमा अहिलेसम्म नउतारेको भन्दै आक्रोश पोखेका थिए ।  केही युवाहरुले एमालेका मेयरका उमेदवारलाई एमाले मधेश विरोधी पार्टी हो भनेर आरोप लगाएका थिए । 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २७, २०७४  ०४:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC