site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि पाँच दिन सार्वजनिक विदा दिने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले असोज २ गते हुने स्थानीय तह तेस्रो चरणको निर्वाचनका लागि ५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । असोज २ गते प्रदेश नम्बर २ अन्तगतको १ सय ३६ वटा स्थानीय तहको निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि आगामी भदौ ३० गतेदेखि असोज ३ गतेसम्म ५ दिन सार्वजनिक विदा दिने निर्णय लिइएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए । बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त राष्ट्र संघको ७२ औं महा सभामा भाग लिन जाने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका लागि व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्ने निर्णय पनि गरेको छ । त्यसैगरी विदेशमा रहेका नेपाली नागरिकका सन्तानलाई पनि कम्तिमा चार वर्षका लागि राहदानी उपलब्ध गराउने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री बस्नेतले बताए ।

बैठकले भूकम्पपछिको पुर्ननिर्माणका लागि विश्व बैंकले दाता संयुक्त कोषमार्फत् उपलब्ध गराउन लागेको १ अरव ५ करोड रुपैयाँ अनुदान पनि स्वीकृत गरेको छ ।

Global Ime bank

त्यसैगरी सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाको आर्थिक सल्लाहकारमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ । अधिकार सम्पन्न बागमति सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा नरेन्द्रराज बस्नेतलाई नियुक्त पनि गरिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ २६, २०७४  १७:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC