site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । सांसदहरुले सुन तस्करी नियन्त्रण गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसद हर्कबोल राईले सुन तस्करीमा माथिल्लो निकायकै संलग्नता रहने गरेकाले सरकार डराईरहेको आरोप लगाए । व्यवस्थापिका संसद अन्तर्गतको सुशासन तथा अनुगमन समितिको आइतबारको बैठकमा उनले सुन तस्करी नियन्त्रण गर्न सरकार र सुरक्षा निकाय गम्भिर नदेखिएकोमा आपत्ति पनि जनाए । 

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद अकवाल अहमद साहले मुलुकलाई सुशासन दिन सरकार पूर्णतः असफल भएको आरोप लगाए । सांसद साहले सुन तस्करी नियन्त्रणका लागि भन्सार र सुरक्षा निकायबीच आवश्यक समन्वयन गराउन पनि सरकारलाई सचेत गराए । 

Prabhu Bank
Agni Group
NIC Asia

नेपाल परिवार दलकी सांसद मिलन राजवंशीले ठूल्ठूला नाकाबाट सुन तस्करी हुँदा समेत त्यसलाई नियन्त्रण गर्न सरकार गम्भिर नदेखिएको आरोप लगाइन् । उनले सिमा नाकामा कडा चेकजाँचको व्यवस्था गरी सुन तस्करी नियन्यण गर्न पनि सरकारसँग माग गरिन् । 

पछिल्लो पटक गत सोमबार काठमाडौंको क्षेत्रपाटीबाट ८८ अबैध सुन बरामद भएको थियो । सांसदहरुले सोही घटनामा संलग्न तस्करहरुलाई नियन्त्रण लिई कार्वाही गर्न सरकारलाई दवाव दिँदै आएका छन् ।  

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २५, २०७४  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC