site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सर्वोत्तम सिमेन्ट र रिलायन्स मिल्सले बुक बिल्डिङमा आईपीओ निष्कासन गर्न दिए निवेदन, आधारमूल्य कति ?
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।

सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले सात लाख ७० हजार ६४० कित्ता आईपीओ बुक बिल्डिङ विधिमार्फत निष्कासन गर्न बोर्डमा असार २८ गते र ३१ गते निवेदन दिएका हुन् । सर्वोत्तम सिमेन्टले गत असार २८ गते र रिलायन्स मिल्सले असार ३१ गते उक्त निवेदन दिएका हुन् । दुवै कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

Agni Group
NIC Asia

सर्वोत्तम सिमेन्टले आईपीओको ‘कट अफ’ मूल्य प्रतिकित्ता ५०१ रुपैयाँदेखि ७५१ रुपैयाँ निर्धारण गरेको छ ।

बुक बिल्डिङ विधिअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको शेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रूपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रूपैयाँसम्ममा बिक्री गर्न सक्नेछ ।

Global Ime bank

सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्यभन्दा कममा नै सेयरमा आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्कासन गर्नुपर्ने व्यवस्था छ ।

रिलायन्स मिल्सले कुल सात लाख ७० हजार ६४० कित्तामा आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिएको छ । कम्पनीले आईपीयोको कटअफ मूल्य पूतिकित्ता ६०८ रुपैयाँ देखि ९१२ तोकेको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ४, २०७९  १९:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu