site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘विकृति ल्याउने किसिमका’ साहित्य लेखिएका सवारीसाधन कारबाहीमा
फाइल तस्बिर ।

तनहुँ । जिल्ला ट्राफिक कार्यालय तनहुँले सवारीसाधनमा गजल, कविता तथा समाजमा विकृति ल्याउने किसिमका साहित्य लेखिएका ३५० सवारीसाधनलाई कारबाही गरेको छ ।

ती सवारीसाधनलाई कारबाहीस्वरूप जरिवाना गर्दा एक लाख ५० हजार रुपैयाँ संकलन भएको सो कार्यालयले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

सवारीसाधनमा लेखिएका अश्लील, अपाच्य गालीगलौच, कानुनविपरीत तथा समाजमा विकृति ल्याउने किसिमका कविता, गजलर साहित्यलगायत लेख हटाउन थालिएको हो ।

अगाडिका सवारीसाधनमा लेखिएका त्यस्ता लेखप्रति पछाडि गुडिरहेका अरू सवारी चालकको ध्यान जाँदा दुर्घटना हुने गरेको पाइएकाले त्यस्ता लेख हटाउन अभियानकै रूपमा लागेको जिल्ला ट्राफिक प्रमुख प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए ।

सवारीसाधनमा समाजमा पच्न नसक्ने तथा विभिन्न वर्ग, समुदायलाई असर पर्ने लेख र द्विअर्थी शब्द देखिने गरेकाले अभियानमार्फत हटाउन थालेको उनले बताए । उक्त अभियानले सवारी दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । यस किसिमका साहित्य लेखिएका सवारीसाधनलाई रोकेर स्टीकर भए उप्काएर हटाउने र लेखिएको भए मेट्ने कार्य गरिएको छ ।

यस्तै, सवारीसाधनका सिसामा कालो प्लास्टिक टाँस्ने गरेको पाइएकाले ट्राफिक प्रहरीले त्यस्ता कार्यलाई समेत बन्देज लगाएको छ । सवारीसाधनमा कालो स्टीकर टाँस्दा भित्र के भइरहेको छ भन्ने देख्न नसकिने भएकाले हटाउन लगाइएको प्रहरी नायब निरीक्षक नेपालले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, साउन १, २०७९  १४:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro