राजनीति
काठमाडौं । विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।
अखिल (क्रान्तिकारी)ले गभर्नर अधिकारी नेकपा (एमाले)को नेता भएको आरोप लगाउँदै उनलाई बर्खास्त गर्न माग गर्दै काठमाडौंका भृकुटीमण्डपस्थित प्रदर्शनीमार्गमा प्रदर्शन गरेको हो ।
नेकपा (एमाले)ले खोटाङका एम. अधिकारीलाई अर्थ तथा योजना विभागमा राखेपछि गर्भनर अधिकारी विवादित बनेका हुन् । गभर्नर महाप्रसाद अधिकारी नै एमाले अर्थ तथा योजना विभागका सदस्य भएको चर्चा चलेपछि एमाले र अधिकारी दुवैले यसको खण्डन गरेका छन् ।
हेर्नुहोस् अखिल (क्रान्तिकारी)को प्रदर्शनका तस्बिरहरू ः
तस्बिर ः अभिषेक महर्जन/बाह्रखरी
प्रकाशित मिति: बिहीबार, असार ३०, २०७९ १८:५०
प्रतिक्रिया दिनुहोस्