अर्थ व्यवसाय
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ । बुधबार राति पौने ९ बजे बसेको प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट बहुमतले पारित भएको हो ।
प्रतिपक्षी दल एमाले, जसपा र लोसपाले बजेटप्रति असन्तुष्ट जनाउँदै संसद् बैठक बहिस्कार गर्दै आएका थिए ।
तर, आज सरकारले प्रतिपक्षी दलको १४ बुँदे माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि भएको सहमतिसँगै बजेट बहुमतबाट पास भएको हो ।
बजेटमाथि आजै छलफल भएको थियो ।
प्रकाशित मिति: बुधबार, असार २९, २०७९ २१:३७
प्रतिक्रिया दिनुहोस्