site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
लखनउ दुर्घटना : प्रत्यक्षदर्शी साउद भन्छन्– चालकले मदिरा सेवन गर्दा दुर्घटना
Sarbottam CementSarbottam Cement

धनगढी । आरजे २७ पीए ५७०३ नम्बरको बस दिउँसो १२ बजे भारतको गुजरातबाट पूरै नेपालीहरु भरिभराउ बस आइतबार राति उत्तरप्रदेशको राजधानी लखनउमा दुर्घटना भयो । लखनउ सहरको २० किलोमिटर नेपालतर्फ आइतबार राति करिब पौने तीन बजे दुर्घटना भयो । त्यहाँ चालक भारतीय नागरिकसहित कैलालीका तीनजनाले ज्यान गुमाए । अन्य सातजना घाइते भएका छन् । चालकले राति खाना खाने होटलमा रक्सी सेवन गरेका दुर्घटना भएको बसमा सवार दीपेन्द्र साउदले बताएका छन् ।

दुर्घटनमा परेर कैलालीको टीकापुर नगरपालिका–१ बस्ने वर्ष ५५ को चन्द्र साउद, ४५ को ललित साउद, टीकापुर बस्ने वर्ष २० की निर्मला बोहोरा रहेका छन् । घाइते कैलालीको टीकापुरको ३५ वर्षीय हरि साउद गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिएका छन् । घाइतेहरुको उपचार लखनउको अस्पतालमा उपचार भइरहेको छ । बसमा सवार कोही पनि नेपाल फर्केका छैनन्, डीएसपी जोशीले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

प्रत्यक्षदर्शी बसमा सवार कैलालीका दीपेन्द्र साउदको बयान

मेरो घर कैलालीको टीकापुर हो । हाम्रो बसको अन्तिम गन्तव्य नेपालको सिमानाको बजार उत्तरप्रदेशको खिरी जिल्लाको पलिया थियो । रातिको पौने तीन बजे खाना खुवायो । खाना खाएर हिँड्यो । होटलमा चालकले रक्सी पिएको रहेछ । केही अगाडि हिँडेपछि गाडी रोकियो । कुहिरोले सडक धपक्कै ढाकिएको थियो । हामीले भनेका पनि थियौँ, चलाउन सकिँदैन भने रोकौँ । केही तनाव नलिनुहोस्, हामी जसरी पनि गन्तव्य पुर्‍याउँछौँ। हाम्रो दैनिकको काम हो गाडी चलाउने चालकले भनेको थियो । तपाईँ जाने भए बस्नुस्, होइन भने हामी हिँड्छौँ । हामी केही बोल्न सकेनौँ । हिँडेको २० मिनेटपछि गडाम्म आवाज आयो । हामी झस्किँयौँ । आइमाई बच्चा रोइरहेका थिए । हामी कोही झ्यालबाट फुत्केर बच्न सफल भयौँ । मेरै अगाडिबाट एक महिला झ्यालबाट निस्केको देखेँ । तर, पछाडिको गाडीले ठक्कर दियो । पछि एकजना दाताले चियासहित र नास्ता खुवाएर एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्‍याउन पहल गरेको थियो । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २५, २०७९  २२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC