साहित्य
काठमाडौं । चलचित्र ‘के घर के डेरा’ तिहारमा रिलिज हुने भएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको चलचित्र ‘के घर के डेरा’मा दयाहाङ राई, विपीन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपानेलगायतको अभिनय छ ।
सिनेमामा सिंगे लामाको कथा, महेश दवाडीको पटकथा रहेको छ । युवराज कार्की कार्यकारी निर्माता रहेको चलचित्रका निर्माता शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन हुन् ।
घोषणाको समयमा ‘परस्त्री’को प्रदर्शन मिति कात्तिक ६ गतेलाई तोकिएको थियो । अब यो सिनेमालाई फागुन १९ मा सारिएको छ । ‘परस्त्री’लाई सुरज पाण्डेले निर्देशन गरेका हुन् ।
प्रकाशित मिति: बिहीबार, असार २३, २०७९ ११:३५
प्रतिक्रिया दिनुहोस्