site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
प्रतिनिधि सभामा गणपूरक संख्या नपुगेपछि बैठक स्थगित
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडाैं । प्रतिनिधि सभा बैठकमा गणपूरक संख्या नपुगेका कारण मन्त्रीको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन सकेन । 

प्रतिनिधि सभाको बुधवारको बैठकमा गणपूरक संख्या नपुगेका कारण स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले प्रस्ताव गरेकाे ‘औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको हो ।

Dabur Nepal
NIC Asia

प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन संसदको गणपूरक संख्या ६९ जना हुनुपर्नेमा प्रतिनिधि सभा सदस्यहरूको संख्या ६५ जना मात्र रहेकाले प्रस्ताव निर्णयार्थ प्रस्तुत हुन नसकेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

उनले भने, ‘नेपालको संविधानको धारा ९४ बमोजिम कुनैपनि प्रश्न वा प्रस्ताव निर्णयार्थ पेस गर्न प्रतिनिधि सभाको एक चौथाई सदस्य उपस्थित हुनुपर्नेमा ३ मिनेट घण्टी बजाई गणपूरक संख्या यकिन गर्दा हाल यो प्रस्ताव निर्णयार्थ पेस गर्न गणपूरक संख्या ६९ हुनुपर्नेमा हाल माननीय सदस्यहरूको संख्या ६५ रहेकोले उक्त गणपूरक संख्या अपुग भएको देखिएकोले यो बैठक १५ मिनेटको लागि स्थगित हुन्छ ।’

सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गर्न लाग्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या गन्न माग गरेका थिए । प्रतिनिधि सभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २२, २०७९  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro