राजनीति
काठमाडौं । नेकपा (माओवादी) केन्द्रको केन्द्रीय कमिटी फेरि सरेको छ । बुधबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।
बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । नेताहरू संसद् बैठकमा जानुपर्ने भएकाले बैठक सारिएको उनले बताए ।
मंगलबारका लागि बोलाइएको बैठक स्थगित गरेर बुधबारका लागि बोलाइएको थियो । नेतृत्वको टिम संसद बैठकमा सहभागी बन्नुपर्ने भएकोले बैठक स्थगित गरिएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, असार २२, २०७९ १३:१३
प्रतिक्रिया दिनुहोस्