site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डको आरोप– निर्वाचनमा कांग्रेसले अघोषित नीति अपनायो
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तासाझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रको समझदारी स्थानीय तहमा कायम हुन नसकेको बताएका छन् ।

पार्टीको काठमाडौंमा जारी केन्द्रीय कमिटीको बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा तल्लो तहमा गठबन्धनप्रति इमानदारिता नदेखिएको उल्लेख छ । गएको स्थानीय तह निर्वाचनको समीक्षा गर्दै उनले नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमानदार र गम्भीर नदेखिएको जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

“सरकारमा सहभागी दलहरूबीचको चुनावी गठबन्धनबारे नेतृत्व तहमा जुन स्तरको समझदारी र आवश्यकताको महसुस थियो, त्यही स्तरको समझदारी स्थानीय तहमा कायम हुन सकेन,” प्रतिवेदनमा लेखिएको छ, “खासगरी नेपाली कांग्रेसको पूरै पंक्ति गठबन्धनप्रति इमानदार र गम्भीर पाइएन । जसको परिणाम रोल्पा, रुकुम, सल्यान, कालीकोट, भोजपुर, गोरखा, सिन्धुपाल्चोकलगायत जिल्ला र तीबाहेकका पनि हाम्रो पार्टीको बलियो उपस्थिति रहेका कैयौँ स्थानीय तहमा हामीविरुद्ध एमाले र अन्य दलहरूसँग गठबन्धन गरी हामीलाई पराजित गर्ने वा कमजोर पार्ने घटनाहरू व्यापक रूपमा देखिए ।”

कांग्रेसले आफू बलियो भएको स्थानमा अरू दलहरूको गठबन्धन बन्न नदिने, माओवादी र गठबन्धनका दलहरू बलियो भएको ठाउँमा नेकपा (एमाले) वा अरू दलसँग तालमेल गर्ने, आफू कमजोर भएको ठाउँमा पाँचदलीय गठबन्धन कायम गर्ने, कतिपय स्थानमा कांग्रेसका नेताहरूबाटै बागी उमेदवार खडा गर्नेजस्ता अघोषित नीति अपनाएको प्रचण्डको आरोप छ ।

Global Ime bank

“कांग्रेसले गठबन्धनका उमेदवारलाई मत नदिने वा आफ्ना उमेदवारलाई सुरक्षित गर्ने नीति अख्तियार गरी मतदाता शिक्षा दिँदा अत्यधिक मत बदर भएको पाइयो,” प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, गठबन्धनको अर्को दल नेकपा (एकीकृत समाजवादी)ले आफ्नो वास्तविक स्थितिभन्दा बढी दाबी गर्दा सिट बाँडफाँडमा ठाउँठाउँमा समस्या देखिएको पनि उनले उल्लेख गरेका छन् । “जसको परिणाम केही स्थानहरूमा गठबन्धन नै पराजित बन्न पुग्यो,” प्रतिवेदनमा लेखिएको छ ।

जनता समाजवादी पार्टी (जसपा) आफ्नो आधार बलियो भएका तराई–मधेसका स्थानमा गठबन्धनका लागि अनिच्छुक रहेको पाएको उनले जनाएका छन् ।

“हाम्रो पार्टी मूल रूपमा गठबन्धनप्रति इमानदार देखियो भने कतिपय स्थानमा स्थानीय अन्तर्विरोध तथा स्थानीय नेतृत्वको व्यक्तिगत महत्वाकांक्षाका कारण कमजोरी पनि हुन गएका छन्,” प्रचण्डले लेखेका छन्, “यी तमाम कारणहरूका बाबजुद विगतको तुलनामा निवाचन परिणामलाई सन्तोषजनक नै मान्नु पर्दछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १६:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय