site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आखिर हेमा मालिनी किन घरबाट निस्कनै डराउँछिन् ?
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

मुम्बई । ‘ड्रिम गर्ल’ को नामले चर्चित बलिउड अभिनेत्री हेमा मालिनी आफ्नो अभिनय र नृत्यका कारण लोकप्रिय छिन् । सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हेमाले हालै एउटा भिडियो सेयर गर्दै घरबाट निस्कन डर लाग्ने बताइन् । 
यति मात्रै होइन उनलाई घरबाट बाहिर सडकमा जाने कुरा सोच्दा पनि डर लाग्ने बताइन् । आखिरमा हेमालाई किन घरबाट निस्कन यति धेरै डर लाग्छ त ?  उनले यसको कारण पनि बताएकी छिन् । 

वास्तवमा हेमालाई बर्खामा मुम्बईका सडकको हालत देखेर बाहिर निस्कन डर लागेको हो । “म सोच्न पनि सक्दिनँ कि एकजना गर्भवती महिला मुम्बईका खाल्डाखुल्डी भएका गल्लीहरूबाट कसरी यात्रा गर्छन् । म मुम्बईबासी भएर पनि यो गुनासो गर्दै छु । प्रहरीको काम ट्राफिक कन्ट्रोल गर्नु, सकडमा भएका नागरिकलाई गाइड गर्नु हो । आज मैले फस्र्ट ह्यान्ड अनुभव लिएँ” अभिनेत्री हेमाले गुनासो पोख्दै भनिन् । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यो कुरा उनले हालै मिरा रोडबाट जुहुस्थित आफ्नो घर आउन दुई घण्टा जाममा फसेपछि भनेकी हुन् । हालै उनी मथुराबाट एउटा रियालिटी शो को छायांकन सकाएर घर फर्किंदाँ वर्षाका कारण सडक तालमग्न भएर ट्राफिक जाममा दुई घण्टा फसिन् । बाटोमा उनले कहीँ कतै पनि एकजना ट्राफिक पनि जनताको सहजताका लागि नदेखेपछि गुनासो पोखेकी हुन् । 

यसबारे बेलिविस्तार लगाउँदै उनी भन्छिन्, “म घरबाट बाहिर जान सोच्दैमा डराउँछु, किनभने यति धेरै भिड अनि ट्राफिक हुन्छ । दिल्ली र मथुरामा पनि धेरै ट्राफिक हुन्छ । तर, त्यहाँ पहिलाभन्दा अहिले धेरै सुधार भएको छ ।” नवभारत टाइम्स 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १९, २०७९  १३:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro