site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दाजु गुरुङको उपन्यास ‘निरजोया’माथि विमर्श

काठमाडौं । आख्यानका क्षेत्रमा कलम चलाउँदै आएका सर्जक दाजु गुरुङको पहिलो उपन्यास ‘निरजोया’माथि विमर्श सम्पन्न भएको छ । उनका यसअघि दुई कथाकृति प्रकाशित छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उपन्यासकार अनिता कोइरालाले कृतिमाथि पाठकीय टिप्पणी गरिन् । उनले ‘निरजोया’मा मुगलान जाने प्रवृत्तिलाई प्रस्तुत गरिएको बताइन् । मलेसियाका श्रमिकको जीवन सचित्र भएर उपन्यासमा आएको उनले उल्लेख गरिन् ।

कार्यक्रममा समीक्षक हेम भण्डारीले ताप्लेजुङको पात्र, मलेसियाको कर्म, मले समाजमा नारीको अवस्था, निरोज र जोयाको लिभिङ टुगेदरमा बस्दै आएको जीवनबारे चर्चा गरे । उपन्यासमा सांस्कृतिक अन्तरघुलनको विषय पनि प्रकट भएको उनले बताए ।

भण्डारीले उपन्यास लीला चेतको दृष्टिकोणबाट लेखिएको भन्दै विदेशमा बसेका नेपालीको पीडा त्यसले झल्काएको उल्लेख गरे ।

नारी स्रष्टाहरूको समूह ‘कलमका साथी’द्वारा आयोजित कार्यक्रममा उपन्यासकार दाजु गुरुङका साथै समूहकी गीता रेग्मी र भारती न्यौपानेले कृति र कृतिकारका बारेमा बोलेका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro