site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
केदारनाथ श्रेष्ठलाई ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ प्रदान

काठमाडौं । सूचक प्रकाशनले क्याप्टेन रतनबहादुर लामिछानेका नाममा स्थापित ‘क्याप्टेन रतनबहादुर लामिछाने पुरस्कार’ भोजपुरका शिक्षासेवी तथा समाजसेवी केदारनाथ श्रेष्ठलाई प्रदान गरेको छ ।

शनिबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रा. डा. कृष्णहरि बरालले श्रेष्ठलाई नगद राशि ११ हजार रुपैयाँसहित पुरस्कृत गरे ।

उक्त अवसरमा सपना लामिछाने देउजाको कविताकृति ‘जिन्दगी एक यात्रा’को दोस्रो संस्करण पनि सार्वजनिक गरियो ।

प्रा. डा. बरालले सूचकले ओझेलमा परेका प्रतिभाको खोजी गरी पुरस्कृत गर्दै आएकामा खुसी व्यक्त गरे । केदारनाथ श्रेष्ठबाट आफू प्रभावित भएको उनले उल्लेख गरे ।

डा. बरालले सपना लामिछोनेको कविताकृतिको पनि चर्चा गरे । उनले सपना लामिछानेका कवितामा मानवतावादी दृष्टिकोण भेटिने बताए ।

साहित्यकार डा. दामोदर पुडासैनी ‘किशोर’ले कवि लामिछानेका ५६ कविताले जीवनका यावत् पक्षलाई प्रस्तुत गरेको बताए । उनले कविता सरल र भावपूर्ण भएको उल्लेख गरे ।

गंगा खतिवडा, रुबी सत्याल, मन्दीप सिलवाल, नवीन पल्लव र लक्ष्मी पोख्रेलले कृतिभित्रका कवितावाचन गरे । 

कार्यक्रममा कवि लामिछाने, पुरस्कृत व्यक्तित्व श्रेष्ठ, दीपक भेटवाल, हरिप्रसाद पाण्डेयलगायत व्यक्तिले बोलेका थिए ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १९:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro