site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आख्यानकार रमेश विकल स्मृति दिवसमा स्रष्टा पुरस्कृत

काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता र समाजसेवीलाई पुरस्कृत गरिएको छ ।

रमेश विकल साहित्य प्रतिष्ठानले आरुबारीमा आयोजना गरेको कार्यक्रममा नृत्यशास्त्री भैरवबहादुर थापालाई ‘रमेश विकल वाङ्मय पुरस्कार’, मासिक १०० अभियानलाई ‘रमेश विकल–सुशीला समाजसेवा पुरस्कार’, साहित्यकार युवराज मैनालीलाई ‘रमेश विकल सिर्जना पुरस्कार’ र अमरकुमार प्रधानलाई ‘रमेश विकल बालसाहित्य पुरस्कार’ प्रदान गरियो ।

यस्तै, विकलको बहुचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्याससहित संयुक्त विद्यावारिधि शोधग्रन्थका निम्ति डा. बिदुला घिमिरेलाई ‘प्रोत्साहन पुरस्कार’ प्रदान गरियो । बालसाहित्यका क्षेत्रमा उल्लेखनीय काम गरेबापत ‘सुनौलो पाइला नेपाल’लाई पनि सम्मान गरियो ।

कार्यक्रममा विन्ध्यवासिनी माविकी दीलाशा तमाङलाई छात्रवृत्ति पनि प्रदान गरिएको थियो ।

कार्यक्रममा रोचक घिमिरे, सन्तोष चालिसे, रामेश्वर फुयाल, विजय चालिसेलगायत व्यक्तिले बोलेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१  ०९:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro