site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकाले गर्‍यो युक्रेनलाई ८२ करोड डलरबराबरको सैन्य सहयोगको घोषणा
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

वासिङटन । संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ८२ करोड डलरबराबरको नयाँ सैन्य सहयोग प्रदान गर्ने घोषणा गरेको छ । नयाँ सैन्य सहयोगमा जमिनबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्र प्रणाली र रडारसहितका अरू युद्ध सामग्री समावेश गरिएको छ ।

पछिल्ला दिनमा रुसले युक्रेनमा दर्जनौँ क्षेप्यास्त्र प्रहार गरेर त्यहाँको जनजीवन अस्तव्यस्त पारेको छ । युक्रेनी सेनामाथि पनि घण्टौँसम्म तोपगोलाले लगातार आक्रमण गरिरहेको छ ।

Agni Group
NIC Asia

रुसी फौजको निरन्तर आक्रमणबाट भयभीत भएका युक्रेनी नेताहरूले सार्वजनिक रूपमा पश्चिमा सहयोगीहरूलाई तत्काल थप गोलाबारुद र आधुनिक हातहतियार उपलब्ध गराउन गरेको आह्वानको जवाफमा अमेरिकाले नयाँ सैन्य सहयोगको घोषणा गरेको हो ।

अमेरिकाले युक्रेनलाई हतियार र सैन्य प्रशिक्षणमा आठ अर्ब ८० करोड डलरभन्दा बढीको सैन्य सहयोगको प्रतिबद्धता गरेको छ । रुसी सेनालाई परास्त गर्न अमेरिकासहितका पश्चिमा देशबाट युक्रेनले थप मद्दत मागेको थियो । उनीहरूले रुसी आक्रमणपछि करिब सात अर्ब डलरको सहायता घोषणा गरिसकेका छन् ।

Global Ime bank

शुक्रबार औपचारिक रूपमा घोषणा गरिएको अधिकांश सहायता युक्रेन पुग्न हप्ता वा महिना लाग्नेछ ।

यसैबीच, युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले नयाँ सैन्य सहयोग घोषणा गरेकामा अमेरिकी राष्ट्रपतिप्रति कृतज्ञता व्यक्त गरेका छन् । रासस/एपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  १४:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu