site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मेलम्ची तटीय क्षेत्र अति उच्च जोखिममा, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर
SkywellSkywell

काठमाडौं । देशका विभिन्न क्षेत्रमा भारी वर्षा भएको छ । निरन्तरको वर्षाका कारण केही नदी तथा खोलामा जलस्तर बढेको छ । 

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, नकोटेलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । मेलम्ची नदी नकोटेको बाढीमापन केन्द्रमा जलसतह हिजो साँझभन्दा आज बिहान ५ बजे १.५ मिटरले बढेको छ । मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी हुनुका साथै कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म अति उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । 

Dabur Nepal
NIC Asia

झापाको शनिश्चरे, चन्द्रगढीलगायत इलाम, झापाको सीमा आसपास केही स्थानमा अति भारी वर्षा भएको भएको छ । मेची, विरिङ, निन्दा, अदुवाखोलालगायत साना खोलामा बाढीको जोखिम रहेको छ । महाशाखाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू–भागमा रहनेहरूले दिउँसोसम्म उच्च सतर्कता अपनाउनु पर्ने जनाएको छ । 

भोजपुरमा पनि भारी वर्षा मापन गरिएको छ । सो क्षेत्र भएर बग्ने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र र पहिरोग्रस्त क्षेत्रमा बस्ने स्थानीयले उच्च सतर्कता अपनाउनु पर्नेमा महाशाखाले जोड दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार १८, २०७९  ०५:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu