site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मकवानपुरमा ट्रक दुर्घटना हुँदा भारतीय नागरिककाे मृत्यु
सांकेतिक तस्बिर ।

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा नजिक आज (शुक्रबार) फलाम बोकेको ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

दिउँसो हेटौँडाबाट ठिंगनतर्फ जाँदै गरेको सि जी ०७ बि एच ५५२७ नम्बरको फलाम बोकेको भारतीय ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

मृत्यु हुनेमा ट्रक चालक भारत पटना जिल्ला महाबलिपुर बस्ने ४० वर्षीय सुरेन्द्र यादव रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

उनकाअनुसार उक्त ट्रक स्थानीयवासीको घरमा ठक्कर दिएर २०० मिटर तल खस्दा चालक सुरेन्द्रको घटनास्थलमै मृत्यु भएको हो ।

सुरेन्द्रको शव गाडीको स्टेयरिङमा अड्केर रहेको अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उनको शव परीक्षणका लागि हेटौँडा ल्याउँदै गरेको उनले बताए ।

ट्रकका सहचालक भारत रौतास जिल्ला दरिहट बस्ने १८ वर्षीय अजित यादव भने हामफालेर बाँच्न सफल भएका छन् । अजित सामान्य घाइते छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९  २०:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro