राजनीति
काठमाडौं । सरकारले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी परियोजना सम्पन्न गर्न कम्पनी खोल्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
ऊर्जा मन्त्रालयको प्रस्तावमा यो निर्णय भएको बताइएको छ । ऊर्जा मन्त्रालयले बूढीगण्डकी आयोजना निर्माणका लागि कम्पनी मोडल तयार पारेको थियो ।
सरकारले तयार पारेको संस्थापक लगानीकर्ताको मोडालिटी तयार भएको छ ।
चिनियाँ कम्पनीलाई दिने यसअघिको सरकारको निर्णय गत वैशाखमा खारेज गर्दै सरकार आफैंले बूढीगण्डकी निर्माण गर्ने निर्णय भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १४, २०७९ १८:३७
प्रतिक्रिया दिनुहोस्