विशेष
काठमाडौं । काठमाडौंस्थित चन्द्रागिरिको जंगलमा शनिबार साँझ हराएका तीन विदेशीको सकुशल उद्धार गरिएको छ ।
उद्धार गरिएकामा अमेरिकी नागरिक ३४ वर्षीय डग्लस रो, भारतीय नागरिक ३० वर्षीय नवप्रित डिलोन र २९ वर्षीय माधव गुप्ता छन् । ललितपुर प्रहरीले उनीहरू हराएको सूचना काठमाडौं प्रहरीलाई दिएको थियो ।
प्रहरी वृत्त थानकोटबाट उद्धारकर्मीको टोली टर्च, डोरी, स्ट्रेचरलगायत सामग्रीसहित खोजीमा जुटेको थियो । टोलीले थानकोटबाट सात किलोमिटरमाथि थानकोट–चित्लाङ सडकखण्डमा उनीहरूलाई फेलापारेको जनाइएको छ ।
उनीहरू सडकबाट करिब १०० मिटर तल भिरमा फसेको अवस्थामा फेलापरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असार १२, २०७९ १३:४०
प्रतिक्रिया दिनुहोस्