site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
सन्तोषी र मुकेशलाई स्वर्ण
Sarbottam CementSarbottam Cement

काठमाडौं । ‘गोल्डेन गर्ल’को उपमा पाएकी सन्तोषी श्रेष्ठ र मुशेश पलले शुक्रबार राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको १५०० मिटर दौडमा स्वर्ण पदक जितेकी छन् ।

नेपाल एथलेटिक्स संघले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना गरेको प्रतियोगिताको ४४औँ संस्करणमा वाग्मती प्रदेशकी सन्तोषीले १५०० मिटर दौडको महिला स्पर्धामा स्वर्ण पदक जितेकी हुन् । त्रिभुवन आर्मी क्लबका मुकेशले सोही स्पर्धाको पुरुषफर्त स्वर्ण पदक जिते । 

Prabhu Bank
Agni Group
NIC Asia

दक्षिण एसियाली खेलकुद (साग)मा सन्तोषीले निर्धारित दुरी ४ मिनेट ४२.८ सेकेण्डमा पूरा गरिन् । त्रिभुवन आर्मीकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो स्थानमा रहिन् । पूर्णलक्ष्मीले ४ मिनेट ५८.२ सेकेन्डमा दुरी पार गरेकी हुन् । ५ मिनेट ०५.९ सेकेन्डमा दुरी पार गरेकी एपीएफकी आशा राउत तेस्रो भइन् ।

पाँच मिनेट १४.६ सेकेण्डमा दुरी पार गर्न सफल आर्मीकी राधिका श्रेष्ठ चौँथो, ५ मिनेट ३१.८ मिनेटमा दुरी पार गरेकी कर्णालीकी विमला कार्की पाँचौँ र ५ मिनेट ५२.३ मिनेटमा दुरी पार गरेकी सुदूरपश्चिमकी माया साउँद छैटौँ स्थान हासिल गरिन् ।

Global Ime bank

पुरुषतर्फ मुकेशले निर्धारित दुरी ३ मिनेट ५६.७ सेकेन्डमा दुरी पूरा गर्दै स्वर्ण पदक जितेका हुन् । एपीएफका अजित यादवले ३ मिनेट ५८.८ सेकेन्डसहित रजत पदक हात पारे । चार मिनेट ०१.८ सेकेन्डमा दुरी पार गर्ने आर्मीका सुनिल सुनारले काश्य पदक जिते । 

चार मिनेट ०४.७ मिनेटमा दुरी पार गर्ने नेपाल पुलिसका नागेश्वर अहिर चौँथो भए । गण्डकी प्रदेशका दिनेश बोगटी पाँचौँ भए । दिनेशले ४ मिनेट १३.६ सेकेण्डमा दुरी पार गरेका थिए । वाग्मतीका विकेश घिमिरेले ४ मिनेट २१.७ सेकेन्डमा दुरी पार गर्दै छैटौँ स्थान हासिल गरे । 

प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा भइरहेको छ । दुई दिनसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीका २४० खेलाडीले प्रतिस्पर्धा गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC