site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेटमणि भन्छन्– मन्त्री हेरफेर रोक्न प्रचण्डले भूमिका खेले 

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता मेटमणि चौधरीले मन्त्री हेरफेरमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिका खेलेको आरोप लगाएका छन् । 

पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले माओवादीभित्रको प्रेसर धान्न गाह्रो भएर प्रचण्डले पर सार्न भूमिका खेलिरहेका बताए । “सिफारिस कार्यान्वयन गर्ने जिम्मा प्रधानमन्त्रीको हो । उहाँलाई प्रभाव पार्ने काम कमरेड प्रचण्डको हो । एकीकृत समाजवादीका मन्त्रीलाई शपथ खुवाउँदा उहाँको पार्टीमा पनि प्रेसर छ । प्रेसर धान्न गाह्रो होला भनेर एक–दुई दिन भनिरहनुभएको छ,” उनले भने । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

उनले जेठ २२ गते गरेको सिफारिस कार्यान्वयन नगर्नु प्रधानमन्त्री शेरबहादुर देउवाको कमजोरी भएको पनि बताए । चौधरीले ६ महिना मात्रै मन्त्री हुन्छौँ भनेर गएकाले अहिले छोड्न अप्ठ्यारो मान्नुनपर्ने समेत बताए । 

उनले अहिले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरूमा नैतिकता नदेखिएको संकेतसमेत गरे । “यदी कोही नैतिकवान् मन्त्री हो भने पार्टीले २२ गते निर्णय गर्‍यो । २२ गते नै राजीनामा दिनुपर्थ्यो ,”उनले भने ।

चौधरीलाई एकीकृत समाजवादीले सहरी विकासमन्त्रीमा सिफारिस गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १०, २०७९  १३:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro