site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
७१ दिनपछि अमृता खत्री टण्डनकाे शव उठाउने सहमति

बुटवल । गत चैत ३० मा तिलोत्तमा नगरपालिका–२ ड्राइभर टोल बस्ने २९ वर्षीया अमृता खत्री टण्डनको रहस्यमय मृत्यु भएको ७१ दिनमा आफन्तले दाहसंस्कार गर्ने भएका छन् । 

सोही दिन साँझ करिब साढे ८ बजे माइतबाट सकुशल घर पुगेकी अमृताको १० बजे लुम्बिनी प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो । विष सेवनबाट मृत्यु भएको भनिएको उनको  घर (टण्डन) पक्षले विष सेवन गराएर मृत्यु भएको भन्दै माइती (खत्री) पक्षले न्यायको लागि पटक पटक प्रशासन धाएका थिए । 

मृतक अमृतका दाइ पुस्पक खत्रीकाअनुसार मृतक अमृताको नाममा विद्यालयका १ लाख को अक्षय कोष स्थापना गरिदिने, मृतककाे नाबालक छोराको हेरचाहको लागि घरपक्षबाट नियमित रेखदेख र खर्च उपलब्ध गराउने सहमति भएपछि दाहसंस्कार गर्न लागिएको हाे । उनकाअनुसार मृतक अमृताका छोरा अध्ययन गर्ने विद्यालयमा घर पक्षले १ लाख रुपैयाँको अक्षय कोष स्थापना गरिदिने र नातिको नियमित हेरचाह, औषधी उपचार लगायत खर्च बेहोर्ने सहमति भएको छ ।

नाबालक छोरा भने अहिलेलाई मामाघर नै बस्ने छन् । मृतकका ससुरा दहल बहादुर टण्डन र सासु दिपा कुमारी टण्डन धरौटीमा रिहा भएका छन् भने भने श्रीमन् प्रेम टण्डन अनुसन्धानको लागि प्रहरी हिरासतमा छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro