site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सर्वसाधारणलाई अप्पर सोलुको आईपीओ आउँदै

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता १०० रुपैयाँअंकित १९ करोड ५७ लाख ५० हजार रुपैयाँ मूल्यबराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कुल निष्कासनको दुई प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीहरूलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्ट्याई बाँकी १८ लाख २० हजार ४७५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्ने जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । जसमा मागबमोजिम आवेदन नपरे आउँदो साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । हाल आईपीओमा आवेदन दिनेको संख्यामा उल्लेख्य वृद्धि भएकाले निष्कासन बन्द छिटो नै हुने देखिन्छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरोसेयरको मोबाइल एप तथा वेबसाइटमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आईआर बीबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ९, २०७९  १२:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro