site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौंका धारामा भेटियो दिसामा पाइने जीवाणु, पानी उमालेर मात्रै पिउन आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । आइतबार हैजा संक्रमण पुष्टि भएका बागबजारका दुई महिलामा धारा र ट्युवबेलको पानीबाट हैजा संक्रमण भएको पुष्टि भएको छ ।

काठमाडौंको बागबजारबाट उनीहरूले पिउने पानीको नमुना परीक्षण गर्दा ‘फिकल इकोली’नामक जीवाणु भेटिएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख वसन्त अधिकारीले जानकारी दिए । फिकल इकोली मानिसको दिसामा रहने संक्रामक जिवाणु हो ।

Prabhu Bank
Agni Group
NIC Asia

अधिकारीकाअनुसार उनीहरूले धारा र ट्युवबेलबाट आएको पानी संकलन गरेर राख्ने गरेको र नउमालि पिउने गरेको पाइएको छ । आइतबार हैजा संक्रमण पुष्टि भएका उनीहरू एकै परिवारका दिदीबहिनी हुन् ।

हैजा देखिएका अन्य क्षेत्रको पनि पानीको नमुना परीक्षण भइरहेको अधिकारीले बताए । पानीबाट हैजा संक्रमण भएको पुष्टि भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पानी उमालेर मात्रै पिउन र जथाभाबी खानेकुरा नखान अनुरोध गरेको छ । 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार ८, २०७९  १८:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC