site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, विपद् व्यवस्थापन र नागरिकता विधेयक प्राथमिकतामा
SkywellSkywell

काठमाडौं । प्रतिनिधि सभाको सोमबारको बैठकको शून्य समयमा बोल्ने सांसदहरुले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिनुपर्नेदेखि वर्षायाममा विपद् व्यवस्थापनसम्मको विषय उठेका छन् । यस्तै शून्य समयमा नागरिकता विधेयक पास गर्नुपर्ने माग पनि उठेको छ ।
 
सत्तारुढ दल नेकपा माओवादीका प्रमुख सचेतक देव गुरुङले नेपाल आयल निगमले पेट्रोलियम पदार्थले निरन्तर बढाएको मूल्य अविलम्व फिर्ता लिएर सरकारले पेट्रोलियम पदार्थको विकल्प दिनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । यस्तै उनले वर्षाका कारण भत्किएका सडकहरु सडक विभागले तत्काल मर्मत गनुपर्नेमा जोड दिए । 
 
एमाले सांसद नवराज सिलवालले पेट्रोलियम पदार्थमा २१ रुपैयाँले वृद्धि गरेर जनताको दैनिकीमाथि सरकारले मजाक गरेको टिप्पणी गरे । 

सांसद दामोदर भण्डारीले पेट्रोलियम पदार्थको मूल्य छोटो समयमा चारपटक वृद्धि भएको भन्दै महंगी र मूल्यवृद्धिको मारमा जनताले मार खेप्नुपरेको बताए । उनले सरकार भने करको दरमा परिवर्तन गरेर व्यापारीसँग सेटिङमा लागेको आरोप लगाए । उनले मनसुन सुरु भएको भन्दै बाढीपहिरोबाट क्षति र रोकथाममा सरकारले संसदमा कुनै योजना प्रस्तुत गर्न नसकेको उल्लेख गरे ।
 
यता, सांसद डा. डिला संग्रौलाले सरकारले जग्गाको वर्गिकरणमा धितो राख्ने व्यवस्था नगरेपछि सयौँ विद्यार्थी मर्कामा परेको भन्दै निर्णयमा पुर्नविचार गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

Dabur Nepal
NIC Asia

सांसद थममाया थापाले सदन र सडकमा वलात्कार हत्या हिंसाबारे प्रश्न उठे पनि महान्यायाधिवक्ता कार्यालयबाटै यस्ता मुद्दा कमजोर बनाउने खेल भइरहेको बताइन् । 

सांसद दलबहादुर राणाले नेपालमा मनुसुन र वर्षाले जनजीवन प्रभावित पारेको भन्दै कालिगण्डकी कोरिडोरमा पुल नबन्दा हिउँदमा मात्र सवारी साधन चल्ने गरेको बताए । 

यस्तै सांसद दिलकुमारीले प्रहरी समायोजन किन रोकेको भन्दै संविधान कार्यान्वयनमा सरकार उदासिन भएको बताइन् । साथै उनले प्रदेशका गृहमन्त्रीलाई काम गर्न समस्या भएको भन्दै मधेस सरकारले दायर गरेको मुद्दा कहिले सुनुवाइ हुन्छ भन्दै प्रश्न गरिन् । 

सांसद दुर्गाबहादुर राउतले कालिकोटमा वर्षाका कारण ठूला बस्तिहरु बगेका भन्दै राहतको व्यवस्था चाँडो गर्न सरकारको ध्यानाकर्षण गराए । उनले गएका वर्षहरुमा दिनुपर्ने राहत पनि उपलव्ध नभएको उल्लेख गरे ।
 
सांसद देवप्रसाद तिमलसिनाले नागरिकता विधेयक नआउँदा धेरै बालबालिका पढ्नबाट बञ्चित भएको उल्लेख गरे । उनले बुबाआमाले नागरिकता पाउँदा बच्चाले किन नपाउने भन्दै प्रश्न गरे । 

माओवादी सांसद धर्मशिला चापागाईले नागरिकता विधेयक संविधान बनेदेखि पेचिलो बनेको भन्दै नागरिकता नहुँदा जनताले दुःख पाएको बताइन् । उनले यही अधिवेशनबाट पास गर्न मागसमेत गरिन् ।

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  १४:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu