site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमालेका सदस्यले कार्यपालिका बैठकको निर्णय नै खोसेर भागे 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । एमालेबाट निर्वाचित सदस्यले पर्वतको जलजला गाउँ कार्यपालिकाको बैठकको निर्णय खोसेर भागेकी छन् ।

आगामी आर्थिक वर्ष २०७९/०८० को लागि बजेट, नीति तथा कार्यक्रमका विषयमा छलफल गर्न राखिएको बैठकको निर्णयमा असहमति जनाउँदै एमालेबाट निर्वाचित सदस्य बिमला बरुवालले निर्णयपुस्तिका लिएर हिँडेकी हुन् । 

निर्णयपुस्तिका लिएर भागेपछि राति १० बजे बैठक स्थगित गरिएको गरिएको थियो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

जलजला गाउँपालिका प्रवक्ता हरिविकास जिसीले विज्ञप्ति जारी गर्दै बरुवालले निर्णय पुस्तिका खोसेर म्याग्दीको बेनीतर्फ लागेको बताएका छन् ।

दुईवटा औपचारिक बैठक र विभिन्न चरणमा बसेको अनौपचारिक बैठकमा सहमति नभएपछि पालिकाको कानूनअनुसार अध्यक्ष राजुप्रसाद आचार्यले चारवटा विषयगत समिति गठन गरेको निर्णय सुनाएका थिए । उक्त निर्णयमा असहमति जनाउँदै नेकपा एमालेबाट निर्वाचित कार्यपालिका सदस्यले ‘नोट अफ डिसेन्ट’ लेख्ने भन्दै निर्णयपुस्तिका लिएर गएकी थिइन् ।

Royal Enfield Island Ad

गाउँपालिका कार्यसम्पादन नियमावली २०७४ को नियम १५ र स्थानीय शासन ऐन २०७४ को दफा १६ को उपदफा ४ को घ (२) मा गाउँपालिका अध्यक्ष वा प्रमुखले विषयगत समिति तोक्नसक्ने उल्लेख छ । 

सोही कानूनको आधारमा गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले आर्थिक, सामाजिक विकास, वातावरण तथा विपत् र पूर्वाधार गरी चारवटा विषयगत समितिको घोषणा गरेका थिए ।

आचार्यको निर्णयअनुसार आर्थिकमा हरिविकास जिसी, सामाजिक विकासमा गौबहादुर पुन, वातावरण तथा विपतमा बलबहादुर पुन र पूर्वाधार विकास समितिमा टुंगनाथ आचार्यलाई संयोजक तोकेका थिए । 

अध्यक्षले विषयगत समितिको संयोजक तोकेको निर्णयमा हस्ताक्षर गर्नेक्रममा नेकपा एमालेबाट कार्यपालिका सदस्यमा निर्वाचित बरुवालले निर्णयपुस्तिका लिएर भागेकी हुन् । गाउँपालिकाका अध्यक्ष आचार्यले सहमतिका लागि अधिकतम् प्रयास गर्दा पनि एमालेबाट निर्वाचित सदस्यले अडान नछाडेपछि अध्यक्षलाई तोकेको कानूनको अधिनमा रहेर संयोजक तोकेको जानकारी दिए ।

जलजला गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित सत्ता गठबन्धनको छ जना र एमालेको ११ जना कार्यपालिका सदस्य रहेका छन् । गाउँपालिकाका प्रवक्ता हरिविकाश जिसीले एक विज्ञप्ति जारी गर्दै बैठकबाट निर्णय पुस्तिका लिएर भाग्नु कायरताको पराकाष्ठा भएको भन्दै खेद प्रकट गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ६, २०७९  ०९:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro