site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भारत र मलेसियाका निम्ति राजदूत नियुक्त
Dabur Nepal
NIC Asia

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारत र मलेसियाका निम्ति नेपाली राजदूत नियुक्त गरेका छन् ।

सरकारको सिफारिसमा बुधबार उनले डा. शंकरप्रसाद शर्मालाई भारतका निम्ति नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् । डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका निम्ति नेपालको आवासीय राजदूतमा नियुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

“सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा डा. शंकरप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि र डा. नेत्रप्रसाद तिम्सिनालाई मलेसियाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro