site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शिशिरको प्रस्ताव : विश्वविद्यालयका टपरलाई निजामती सेवामा सिधै प्रवेश दिऔँ  

काठमाडाैं । पूर्वशिक्षामन्त्री शिशिरको खनालले नेपाली विश्वविद्यालयका टपरलाई निजामती सेवामा सीधै प्रवेश दिनुपर्ने प्रस्ताव गरेका छन् । बुधबार संसदको राज्य व्यवस्था समितिमा निजामती विधेयकको संशोधन प्रस्तावमाथिको छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् । 

रास्वपा सांसद खनालले अमेरिका, अस्ट्रेलिया गएका टपर युवाहरूलाई सीधै नेपाल ल्याउनुपर्ने बताए । विश्वविद्यालयकाा गोल्ड मेडलिस्ट निजामती सेवामा आएमा यसले प्रतिस्पर्धाको स्तर बढाउने उनले बताए । 

उनले निजामतीको सहसचिव पदमा खुला प्रस्पिर्धा नगराई आन्तरिक बढुवा गर्नुपर्ने राय राखे । उनले भने,‘‘उपसचिवमा धेरै काम हुन्छ, गर्छ । सीधै सहसचिवमा आउँदा अनुभवको कमी हुन्छ ।’’

सांसद खनालले पटक–पटक एउटै व्यक्तिले आरक्षण पाउन नहुने बताए । पटक–पटक आरक्षण पाउने व्यवस्था हटाएर एकपटक मात्रै पाउर्ने व्यवस्था गर्नुपर्ने उनको प्रस्ताव छ । 

निजामती सेवामा नियुक्ति पाएको भोलिपल्टदेखि ज्येष्ठता लागु हुनुपर्ने र पदस्थापनमा चक्रीय प्रणाली लागु गरेमा कर्मचारीले राम्रो नतिजा दिन सक्ने उनको सुझाब छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १५:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro