site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
गण्डकीमा जसपाका मन्त्री झन्डै फेरिएनन् !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । नीति तथा कार्यक्रम पारित हुने दिन गण्डकीमा झन्डैले एक मन्त्रीको पद धरापमा पर्नबाट जोगिएको छ । गत जेठ २४ गते प्रदेश प्रमुख पृथ्वीमान गुरुङले सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेका थिए ।

तर, उक्त दिन सरकारका ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य संसद्मा उपस्थित भएनन । मन्त्रालयको सिलिङ चालु आव भन्दा झन घटाइदिएको भन्दै उनी मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र अर्थमन्त्री रामजी बरालसँग असन्तुष्ट थिए ।
त्यही असन्तुष्टि बताउँदै उनले सरकारको नीति तथा कार्यक्रम भद्र अवज्ञा गरेको बताए ।

तर, एउटै क्याबिनेटको मन्त्रीले सरकारको विरोध गरेपछि मुख्यमन्त्री स्वयम् उनीसँग असन्तुष्ट थिए । जेठ २४ गते ल्याएको नीति तथा कार्यक्रममाथि तीनदिन छलफल चलेपछि सोमबार नीति तथा कार्यक्रम पारितको कार्यसूची कार्यव्यसस्था समितिले तय गर्‍यो ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

नीति तथा कार्यक्रम छलफलमा पनि उपस्थित नभएका मन्त्री आचार्यले सोमबार सदनमा उपस्थित हुने नहुने त्यही दिन तय हुने जानकारी बाह्रखरीलाई गराएका थिए ।

सोहीकारण मन्त्री आचार्य सोमबार सदनमा उपस्थित हुन्छन्, हुँदैनन् भन्ने सबैको जिज्ञासा थियो । बिहान ११ बजे राखिएको प्रदेश सभा बैठकमा उनी उपस्थित भए । तर नीति तथा कार्यक्रम निर्णयार्थ प्रस्तुत गर्दा उनी तटस्थ बसे ।

Royal Enfield Island Ad

ध्वनी मतले नीति तथा कार्यक्रम पारित गर्ने प्रचलन हुन्छ । तर, मन्त्री आचार्य मौन बसे । उनी मौन बसेपनि सत्ता गठबन्धनको बहुमत रहेकाले नीति तथा कार्यक्रम पारित भएको घोषणा सभामुख नेत्रनाथ अधिकारीले गरे ।

संसद् बेठक सकिएलगत्तै मन्त्री आचार्यले पत्रकार सम्मेलन गरे । त्यहाँ उनले बजेटको सिलिङ घटाइदिएकोमा तीव्र असन्तुष्टि पोखे । असन्तुष्टि मात्र होइन उनले खुलेरै मुख्यमन्त्री र सरकारको आलोचना गरे । मुख्यमन्त्रीलाई उनले संघीयता विरोधीसमेत भने ।

सामान्यतया: क्याबिनेट मन्त्रीले सरकारको विरोध गर्दैनन् । मन्त्री आचार्यले भने आगामी बजेट ३६ देखि ४० अर्बसम्मको आउने र त्यसमा गठबन्धनका सांसदलाई ५/५ करोड दिन लागिएकोमा विरोध जनाए ।

उनी आफैँले बजेट प्रक्रियामा सिंगो मन्त्रालय सामेल नभएको भनिरहँदा आगामी बजेटको गोपनीयता पनि उनले कायम राखेनन् । मन्त्री आचार्यको यही असन्तुष्टिका कारण सोमबार उनको सट्टामा जनता समाजवादीकै अर्का सांसद धनमाया पोखरेल लामालाई मन्त्री बनाउनेसम्मको तयारी भयो ।

यसका लागि आइतबार बालुवाटारसम्म पुगेको राजनीतिक खिचडी बुझ्नुपर्ने हुन्छ । बजेटको सीमितता देखाउँदै मुख्यमन्त्री पोखरेलले सिलिङ बढाउन नसकिने जवाफ मन्त्री आचार्यलाई दिएका थिए । तर, उनी शान्त हुनुको सट्टा मिडियामा सरकारविरोधी अभिव्यक्ति दिन थालेपछि मुख्यमन्त्री पोखरेलले आइतबार बालुवाटार प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन सम्पर्क गरे ।

देउवासँगको वार्तामा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई भन्न लगाएर गण्डकीका मन्त्रीलाई सम्झाउन आग्रह गरे । देउवाको ग्रिन सिग्नल पाएपछी मन्त्री आचार्यलाई आइतबार नै अध्यक्ष भट्टराईले फोन गरेर सम्झाए । आफूले जायज माग राखेको जवाफ आचार्यले भट्टराईलाई दिए ।

उनले नै प्रदेशका अर्का मन्त्री मेखलाल श्रेष्ठलाई फोन गरेर माथिबाट पावर लगाउन खोजेको भन्दै असन्तुष्टि पोखे । पार्टी 'हाई कमान्ड'बाटै आदेश आएपछि मन्त्री आचार्य सोमबार प्रदेश सभामा उपस्थित भए ।

पत्रकार सम्मेलनमा उनले भट्टराईको फोन आएको स्वीकार्दै 'संघीयता आएपछि माथिबाट फोन गर्न लगाउनु संघीयताको विरोधी भएको बताउँदै मुख्यमन्त्रीले संघीयता विरोधी काम गरेको' बताए ।

अन्यथा, सोमबार पनि प्रदेश सभामा मन्त्री आचार्य नआएको भए उनको सट्टा जसपाकै धनमाया पोखरेल लामालाई मन्त्री बनाउनेसम्मको तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोत बताउँछ ।

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकमा युवा तथा खेलकुदमन्त्री दीपक मनाङेले अर्का मन्त्री आचार्यलाई 'राजीनामा दिने भएसँगै दिउँला । तर, सरकार ढल्नुपर्‍यो नि !' भन्ने जवाफ दिएका थिए ।

यदि सोमबार जसपाका मन्त्रीसहित दुई र मनाङे प्रदेशसभामा अनुपस्थित भएको भए नीति तथा कार्यक्रम पारित हुने थिएन ।
जसले गण्डकीको राजनीति नयाँ मोडमा जाने सक्थ्यो ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ ३०, २०७९  १६:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro