अर्थ व्यवसाय
काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र धनुषाको बटेश्वर गाउँपालिका कार्यालयबीच सम्झौता भएको छ । सरकारको बीमा नीति अनुरुप स्थानीय निकायसँग सहकार्य गरी बिमाको पहुँच ग्रामीणस्तरसम्म पुर्याउने उद्देश्यले उक्त सम्झौता भएको कम्पनीले जनाएको छ ।
बिमा व्यवसायलाई सरल र प्रभावकारी बनाई यसको विकास र विस्तार गर्न बिमा व्यवसायको सेवा दिने तथा लिने गरी संझौता भएको जनाएको छ ।
सम्झौतामा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र गाउँपालिकाको तर्फबाट गाउँपालिका अध्यक्ष रामअषिश महतोले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ २७, २०७९ १२:४६
प्रतिक्रिया दिनुहोस्