site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
निर्मलनिवासको हस्तक्षेप सहन सकिनँ : कमल थापा
Sarbottam CementSarbottam Cement

बुटवल । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीय संरचनामा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्ने बताएका छन् । यो व्यवस्थामा अझ बढी अधिकारसम्पन्न स्थानीय तहको संरचना निर्माण गरिनुपर्ने उनको धारणा छ ।

बिहीबार बिहान बुटवलमा आयोजित पत्रकार सम्मेलनमा थापाले राष्ट्रपति संघीय संसद्बाट निर्वाचित र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्नेमा जोड दिए । नेपालमा राजसंस्थाको पुनःस्थापना अब सम्भव नरहेको उनको भनाइ थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

थापाले असम्भव एजेन्डा बोक्दा आफैँ असफल हुने भएकाले राजतन्त्र पुनःस्थापनालाई छोडेर पार्टीले हिन्दुराज्यको एजेन्डा बोकेको बताए । हिन्दुराज्य र धर्मनिरपेक्षताका विषयमा जनमतसंग्रह गर्नुपर्ने उनले उल्लेख गरे ।

पूर्वराजाका सचिव तथा निर्मलनिवासले निरन्तर हस्तक्षेप गरिरहेको भन्दै उनले पार्टीमाथि हस्तक्षेप सहन नसकेर आफू अलग्गिएको बताए । आफू कुनै एक व्यक्तिको पछि सती नजाने उनले बताए ।

Global Ime bank

उनले भने, “हुँदै नहुने र असम्भव कुराको पछि हामी लाग्न सक्दैनौँ । पारसको निम्ति हामी सती जाने ?,” उनले पारस शाहबाट देश विकास हुने कुनै आशा नदेखिएको भन्दै राजसंस्थाको एजेन्डाबाट बाहिरिएको बताए ।

नेपालमा धर्म परिवर्तनको क्रम निकै बढेको र अरू दलले यसतर्फ ध्यान नदिएकाले राप्रपा नेपालले यो एजेन्डा बोकेको उनको भनाइ छ । राप्रपाले राजतन्त्रको एजेन्डा छोडेमा पार्टी एकता हुन सक्ने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ २६, २०७९  १०:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC