अर्थ व्यवसाय
काठमाडौं । नबिल बैंकले काठमाडौंको १८ वटा शाखामा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको छ । बुधबारदेखि काठमाडौं महानगर र नबिल बैंकबीच बैंकको शौचालय सञ्चालन ल्याउने सहमति भएको हो।
केन्द्रीय कार्यालय दरबार मार्ग तीनधारा, जोरपाटी, महाराजगन्ज, नयाँ बानेश्वर, क्षेत्रपाटी मार्ग, चावहिल, मैतीदेवी कम्प्लेक्स, कुलेश्वर, कान्तिपथ, रोयल कम्प्लेक्स बसुन्धारा चौकी, अनामनगर, सिनामंगल, कलंकी भटभटेनी, धुम्बाराही, धर्मपथ न्युरोड, कालीमाटी र शंखमूलस्थित बैंकमा सर्वसाधारणले नि:शुल्क शौचालय गर्न पाउनेछन्।
शौचालयको मर्मत सम्भार सरसफाइ, पानीको प्रबन्ध पानीको प्रबन्ध र निकासको व्यवस्था बैंकले गर्नेछ ।
प्रकाशित मिति: बुधबार, जेठ २५, २०७९ १२:२७
प्रतिक्रिया दिनुहोस्