site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बर्दिया घटनामा प्रहरीले गोली चलाएको पाइयो : गृहमन्त्री खाँण
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
KFC Island Ad
Dabur Nepal
NIC Asia
Royal Enfield Island Ad

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले बर्दिया घटनामा कसैको आदेश विना नै प्रहरीको गोली चलाएको बताएका छन् । बर्दिया घटनाको जानकारी दिने क्रममा प्रतिनिधिसभाको मंगलबारको बैठकमा गृहमन्त्री खाँणले प्रहरीले गोली चलाएको भए पनि गृहमन्त्रालयबाट गोली चलाउने आदेश नभएको र प्रमुख जिल्ला अधिकारीले पनि आदेश नदिएको जानकारी गराएको बताए । 

“गोलि चलाउने आदेश छँदै छैन, नागकिक प्रदर्शनमा कमभन्दा कम बल प्रयोग गर्नु भन्ने निर्देशन गृहमन्त्रालयबाट भएको छ,” गृहमन्त्री खाँणले भने, “प्रमुख जिल्ला अधिकारीबाट पनि गोली चलाउने आदेश भएको छैन भनिएको छ । नविना चौधरीको मृत्यु भएको छ । कसको आदेशमा गोली चल्यो, कसरी मृत्यु हुने अवस्था निर्माण भयो ? यथार्थ छानविनका लागि गृहमन्त्रालयबाट छानबिन समिति गठन भएको छ ।” उनले घटनाको विवरण बुझाउने क्रममा बर्दिया राष्ट्रिय निकुञ्चमा रहेका घाइते बाघको नियन्त्रण गर्नुपर्ने, वन्यजन्तुबाट बारम्बार हुने आक्रमणबाट बच्न आवश्यक पूर्वाधार बनाउनुपर्ने माग गर्दै आन्दोलन हुँदा सडक अवरुद्ध भएको अवस्थामा घटना घटेको बताए । 

“यात्रुहरूबाट सडक खोल्नुपर्ने दबाब र आन्दोलनकारीको आक्रोशको बीचमा प्रहरी परेका देखिन्छ,” खाँणले भने, “तर, गोली चलाउने अवस्था कसरी आयो र विना आदेश गोली कसरी चल्यो भन्ने छानबिनबाटै देखिन्छ ।” उनले छानबिन प्रतिवेदनपछि सरकारले गल्ती भएको ठाउँमा सच्याउने, दोषीलाई कारबाहीको दायरामा ल्याउने र पीडित परिवारलाई परिपूरणको व्यवस्था गर्ने जानकारी संसद्मा गराएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  १२:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro