site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थाइल्यान्डविरुद्ध फिल्डिङ गर्दै नेपाल

काठमाडौं । नेपाली युवा महिला क्रिकेट टोलीले आईसीसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा आज थाइल्यान्डविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । 

मलेसियाको यूकेएम–वाईएसडी क्रिकेट ओभलमा नेपालकी कप्तान कृतिका मरासिनीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेकी हुन् । नेपालले आज दुई खेलाडी परिवर्तन गरेको छ । भुटानविरुद्ध खेलेको टिममा किरण कुँवर र एलिशा यादवको स्थानमा अञ्जली विश्वकर्मा र रञ्जु श्रेष्ठलाई टोलीमा समावेश गरिएको छ ।
 
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले पराजित गरेको थियो । तर, दोस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (यूएई)सँग १० रनले पराजित भएको थियो । उक्त खेलमा नेपाल ८ रनमा अलआउट भएको थियो । ९ रनको लक्ष्य भेट्टाएको यूएईले सात बलमा विना विकेट क्षति पूरा गरेको थियो । 

KFC Island Ad
Dabur Nepal
NIC Asia

यस हारसँगै विश्वकपमा छनोट हुने नेपालको सम्भावना कमजोर बनेको छ । नेपालले तेस्रो खेलमा भुटानलाई ४ विकेटले हराएको थियो । एसियाली छनोटबाट शीर्ष एक टोलीले दक्षिण अफ्रिकामा हुने विश्वकपमा स्थान बनाउनेछ । 

नेपाली टोली : 

कृतिका मरासिनी (कप्तान), अञ्जली विश्वकर्मा, सृष्टि जैशी, अनु कठायत, अश्मा पुलामीमगर, स्नेहा महरा, साना प्रवीण, सानु राजवंशी, मनीषा राना, रञ्जु श्रेष्ठ, मनीषाकुमारी उपाध्याय 
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २४, २०७९  ११:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro