site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राइट टु प्रोटिन रन हाफ म्याराथन माघ १२ मा

काठमाडौं । राइट टु प्रोटिन रन हाफ म्याराथनको चौथो संस्करण आगामी माघ १२ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

प्रोटिनजन्य पदार्थमा पहुँच बढाउन जनचेतना फैलाउने उद्देश्यले नेपाल भेटेनरी एशोसिएसनले राइट टु प्रोटिन हाफ म्याराथन गर्दै आएको हो । आयोजकले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै म्याराथनको बारेमा जानकारी दियो । गत तीन वर्षदेखि यो हाफ म्याराथन आयोजना हुँदै आएको छ ।

यस संस्करणमा महिला र पुरुषको हाफ म्याराथन, पुरुष १० किलोमिटर, महिला पाँच किलोमिटर, १२ कक्षा सम्मका विद्यार्थीको पाँच किलोमिटर पुरुष र तीन किलोमिटर महिला, फरक क्षमता भएका व्यक्तिहरूका लागि ह्विलचेयर पुरुष तथा महिला र बालबालिकाहरूका लागि रन फर फन विधामा प्रतिस्पर्धा हुने भएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

राइट टु प्रोटिन म्याराथनमा करिब आठ हजार धावकले दौडिने आयोजकको अनुमान रहेको छ । हाफ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भइ भक्तपुरको राधेराधे पुगेर सोही रुट हुँदै दशरथ रंगशालामा नै आएर टुगिनेछ । उक्त म्याराथन बिहान ६ः३० बजे सुरु हुने आयोजक नेपाल भेटेनरी एशोसिएसनले जनाएको छ ।

सहभागिता र पुरस्कार राशिका हिसाबमा यस प्रतिस्पर्धा नेपालकै सबैभन्दा ठूलो हाफ म्याराथन रहेको आयोजक कमिटीका अध्यक्ष डा. शितलकाजी श्रेष्ठले बताए । गत संस्करणको हाफ म्याराथनमा महिलातर्पm सन्तोषी श्रेष्ठ र पुरुषमा दीपक अधिकारी च्याम्पियन हुन् ।

पछिल्ला तीन संस्करणमध्ये दुई वटामा सहभागी हुँदा सन्तोषी च्याम्पियन भएकी थिइन् । सोमबार भएको पत्रकार सम्मेलनमा धाविका सन्तोषीले खेलाडीहरूको सेवासुविधा, करकट्टीबिना पुरस्कार दिने र अन्य विभिन्न पक्षका हिसाबले राइट टु प्रोटिन उत्कृष्टमध्ये एक रहेको बताइन् । यसपल्ट पनि आफू खेल्ने तयारीमा रहेको उनले उल्लेख गरेकी छन् ।

धाविका सन्तोषीले यस प्रोटिन म्याराथनले खेलाडीहरूलाई आकार्षित गरिरहेको बताइन् । आफूले अध्ययन गरिरहेको विषय डाइट एन्ड न्युट्रिसन रहेको र यस विषयमा आयोजकले सन्देश पनि दिइरहेकाले खेलाडीका लागि यो आयोजना विशेष रहेको धाविका सन्तोषीको भनाइ छ । खेलाडीले पाउनुपर्ने पुरस्कार ढिला पाउने गरे पनि यस म्याराथन आयोजकले लगत्तै पुरस्कार दिने गरेको उनको भनाइ छ ।

आयोजकले महिला र पुरुषलाई समान पुरस्कार व्यवस्था गरेको छ । हाफ म्याराथनमा च्याम्पियन हुने दुवैले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । दोस्रोले एक लाख, तेस्रोले ७० हजार, चौथोले ५० हजार र पाँचौंले ३० हजार रुपैयाँ पुरस्कार पाउने भएका छन् । १० किलोमिटर खुला पुरुष दौडमा पहिलो हुनेले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौँले १० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएका छन् । महिलामा पाँच किलोटमिटरतर्फ शीर्ष तीनले क्रमशः ३० हजार, २० हजार र १५ हजार पाउने आयोजकले जनाएको छ । चौथोले १० हजार र चौथो पाँच हजार पुरस्कार प्राप्त गर्नेछन् ।

विद्यार्थी र ह्विलचियर प्रतिस्पर्धामा पनि पुरस्कारको व्यवस्था गरिएको छ । ह्विलचियरतर्फ महिला र पुरुषमा शीर्ष तीन स्थान प्राप्त गर्ने खेलाडीले ३० हजार, २० हजार र १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यस प्रतियोगितामा खेलाडीहरूको सुविधाको लागि रुटका विभिन्न स्थानमा पानी, प्राथमिक उपचार र आकस्मिक सेवाको लागि एम्बुलेन्सको व्यवस्था गरिएको आयोजक कमिटीका अध्यक्ष डा. शितलकाजीले जानकारी दिए । यस प्रतियोगिताका लागि करिब पाँच सयजना स्वयंसेवक परिचालन गरिने आयोजकले जनाएको छ । नेपाल एथलेटिक्स संघले म्याराथनलाई प्राविधिक सहयोग प्रदान गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २२, २०८१  २२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro