site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाको ‘क्लिन स्विप’
Tiktok banner adTiktok banner ad

काठमाडौं । पाहुना टिम पाकिस्तानविरुद्धको टेस्ट शृंखलामा दक्षिण अफ्रिकाले ‘क्लिन स्विप’ गरेको छ । सोमबार भएको दोस्रो तथा अन्तिम खेलमा पाकिस्तानले दिएको ५८ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले विकेट नगुमाई पूरा गर्‍यो । 

दक्षिण अफ्रिकाको जितमा ओपनरद्वय डेविड बेडिङ्घम र आइदेन मार्करमले क्रमशः ४७ र १४ रन जोडे । 

त्यसअघि, दक्षिण अफ्रिकाले पहिलो इनिङमा ६१५ रनको विशाल योगफल खडा गरेको थियो । पहिलो इनिङमा पाकिस्तान भने १९४ रनमै समेटिएको थियो । दक्षिण अफ्रिकाबाट ‘फलो अन’ पाएपछि पुनः ब्याटिङ ओर्लिएको पाकिस्तानले दोस्रो इनिङमा भने ४७८ रन बनाउँदै ५८ रनको योगफल तया पारेको थियो । जसलाई दक्षिण अफ्रिकाले सहजै पूरा गर्‍यो ।

पहिलो इनिङमा दक्षिण अफ्रिकाका र्यान रिकेल्टोनले सर्वाधिक २५९ रन बनाएका थिए । यसबाहेक, कप्तान टेम्बा बवुमाले १०६ र काइल भेरेयनीले १०० रन जोडेका थिए । 

पहिलो इनिङमा पाकिस्तानबाट भने बाबर आजमले ५८ रनको अर्धशतकीय इनिङ खेल्नुबाहेक अन्यको प्रदर्शन उल्लेख्य रहन सकेन । फलोअल पाएपछि लगत्तै ब्याटिङमा आएको पाकिस्तानबाट कप्तान सान मसुदले १४५ र बाबर आजमले ८१ रन बनाएका थिए । 

यी दुई टिमबीच यसअघि भएको पहिलो खेलमा दक्षिण अफ्रिका दुई विकेटले विजयी भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २३, २०८१  ११:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro