राजनीति
काठमाडाैं । कमल थापा नेतृत्वको राप्रपा नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई निरन्तरता दिन सरकारसँग माग गरेको छ ।
हेटौंडामा सम्पन्न बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले सो विमानस्थल बनाउन माग गर्ने निर्णय गरेको हो । “वन, वन्यजन्तु र पर्यावरणको संरक्षण सुनिश्चित गरी तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरेर निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कार्यलाई निरन्तरता दिन सरकारसँग यो भेला आग्रह गर्दछ,” राप्रपा नेपालको निर्णयमा उल्लेख छ ।
यस्तै, राप्रपा नेपालको भेलाले पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारसँग माग गर्ने लगायत ६ वटा निर्णय गरेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ २२:११
प्रतिक्रिया दिनुहोस्