site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई हाइड्रोपावरलाई आईपीओ निष्कासनको अनुमति, पाँच लघुवित्तसहित २७ कम्पनी पाइपलाइनमा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एकैसाथ दुईवटा हाइड्रोपावर कम्पनीलाई आईपीओ बिक्री गर्ने अनुमति दिएको छ । बोर्डले बुधबार सयपत्री हाइड्रोपावर र मन्दाकिनी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको हो ।

सयपत्री हाइड्रोपावरले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो । यस्तै, मन्दाकिनी हाइड्रोपावरले १७ करोड ६४ लाख ११ हजार रुपैयाँ बराबरको १७ लाख ६४ हजार ११० कित्ता सेयर निष्कासनको अनुमति पाएको छ । 

सयपत्री हाइड्रोपावरले आईपीओ निष्कासनका लागि एनआईबीएल एस क्यापिटल र मन्दाकिनी हाइड्रोपावरले बीओके क्यापिटललाई बिक्री प्रबन्धकका रूपमा नियुक्त गरेको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

यससँगै चालु आर्थिक वर्षमा बोर्डले २२ कम्पनीलाई पाँच अर्ब ५१ करोड ३८ लाख ३२ हजार ५०० रुपैयाँ बराबरको ६ करोड ५१ लाख ३८ हजार ३२५ कित्ता आईपीओ निष्कासनको अनुमति दिएको छ ।

२७ कम्पनी बोर्डको अनुमतिको पर्खाइमा 
यस्तै, बोर्डमा विभिन्न क्षेत्रका २७ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको पर्खाइमा छन् । २७ वटा कम्पनीको ६ अर्ब ७९ करोड ७ लाख ५४ हजार ४०० रुपैयाँ बराबरको ६ करोड २६ लाख ५० हजार ४४ कित्ता आईपीओ निष्कासनका लागि स्वीकृतिको पर्खाइमा छन् ।

Royal Enfield Island Ad

जसमध्ये सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीयका लागि निष्कासनको प्रक्रिया अगाडि बढाएका छन् ।

बोर्डमा आईपीओ अनुमतिको पखाईमा रहेका कम्पनीमा सान्जेन जलविद्युत कम्पनी र रसुवागढी हाइड्रोपावर कम्पनी १५ वटा जलविद्युत कम्पनी रहेका छन् । यस्तै अन्य समूहको मुक्तिनाथ कृषि कम्पनी र डिस मिडिया नेटवर्क, इन्भेष्टमेन्टतर्फको हाथवे इन्भेष्टमेन्ट कम्पनी रहेको छ । 

यस्तै, बिमा क्षेत्रको आईएमई लाइफ र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाउँदै बोर्डको स्वीकृतिका पखाईमा रहेका छन् । कुल ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको रिलायबल लाइफ इन्स्योरेन्सले १०० रुपैयाँ अंकित मूल्यमा ११२ रुपैयाँ प्रिमियमसहित २१२ रुपैयाँमा निष्कासन गर्ने अनुमति मागेको छ । 

होटेल तथा पर्यटन क्षेत्रका कालिञ्चोक दर्शन लिमिटेड र सिटी होटेल लिमिटेडले आईपीओ निष्कासनको अनुमति मागेका छन् ।

यता पाँचवटा लघुवित्त पनि बोर्डबाट आईपीआ निष्कासनको स्वीकृतिको पखाईमा रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९  १८:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro