अर्थ व्यवसाय
काठमाडौं । आईएमई पेले प्रयोगकर्ता माझ ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ । यस अफरअन्तर्गत आईएमई पे एपका प्रयोगकर्ताहरूले आफ्नो एपमा रहेको ‘रिफर कोड’ आफ्नो साथी–भाइमाझ सेयर गर्नुपर्ने जनाएको छ।
प्रापकले सो कोड स्वीकारेर आईएमई पे एप डाउनलोड गरी केवाईसी रुजु भएर प्रयोग गरेपछि दुवै जनाले २५ रुपैयाँ आफ्नो आइएमई पे वालेटमा प्राप्त गर्नेछन् । प्रयोगकर्ताहरुले एउटा रिफर कोड धेरै पटक प्रयोग गर्न मिल्ने जनाएको छ ।
यस अफरको उद्देश्य आफ्नो सम्भावित ग्राहकलाई आइएमई पे एप डाउनलोड गरी डिजिटल भुक्तानी माध्यममा परिणत हुन प्रोत्साहन दिने आइएमई पे ले बताएको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ १९, २०७९ १६:५१
प्रतिक्रिया दिनुहोस्