काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २४ जना चालकलाई कारबाही गरिएको छ । सोमबार काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गर्ने २ हजार २४ जना चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही गरेको हो ।
फुटपाथमा पार्किङ गर्ने १६६ जना, तीव्र गतीमा सवारीसाधन चलाउने ८३ जना, मदिरा पिएर सवारी साधन चलाउने ११६ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ७४ जना रहेका छन् ।
ढोका खुल्लै राखेर सवारी चलाउने ६८ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ३० जना, रातो बत्तीको उल्लंघन गर्ने ४६ जना क्षमताभन्दा बढी यात्रु राख्ने ३२ जना र लेन उल्लंघन गर्ने ३२ जनासहित ट्राफिक नियम पालना नगर्ने अन्यलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।